रुपन्देहीमा सामुहिक ५ जनाको बिभत्स हत्या, एक जना पक्राउ
काठमाडौं । रूपन्देहीमा पाँच जनाको सामुहिक बिभत्स हत्या भएको छ । जिल्लाको तिलोत्तमा–१० कान्छीबजारमा पाँच जनाको हत्या भएको हो ।
मृतकहरुमा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरी छन् । उनीहरु गंगादेवी पशु फार्ममा काम गर्ने मजदुरहरु हुन् । हत्याको आरोपमा सुर्खेतका धसेन्द्र सिंजाली पक्राउ परेका छन् ।
गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुल्न सकेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #हत्या
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्