कोरोना उपचारपछि एकै दिन १ सय २ डिस्चार्ज, २ सय १३ संक्रमित थपिए
काठमाडौं । नेपालमा एकै दिन थप १ सय २ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २ जना महिला र १ सय जना पुरुष डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् । हालसम्म देशभर कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । नेपालका ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना फैलिएको छ । आज मात्रै रोल्पामा कोरोना संक्रमित भेटिएका छन् ।
कुन प्रदेशमा कति संक्रमित ?
नेपालमा कोरोना भाइरस संक्रमित प्रदेश १ का १२ जिल्लामा २ सय ५९ जना रहेका छन् । त्यसैगरी प्रदेश २ का ८ जिल्लामा एक हजार १ सय ६१ जना, बागमती प्रदेशका १२ जिल्लामा ९२ जना रहेका छन् । यस्तै, गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११ जना, प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जनामा कोरोना देखिएको छ । त्यस्तै, कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ जना र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना संक्रमति भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #संक्रमित थपिए
ताजा खबर
- १संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध
- २करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग
- ३२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की
- ४संसद अवरोध हटाउन प्रतिपक्ष दललाई मनाउने रवि लामिछानेको प्रयास
- ५मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र भएको सिके राउतको आरोप



तपाईको कमेन्ट लेख्नुहोस्