Techie IT
  • १६ मंसीर २०८१, आईतबार
KhojPatrika

फेरिएको नयाँ नक्सा, जमिन फिर्ता कहिले आउला ?


काठमाडौं । निकै ठूलो विवाद र बसहपछि अन्तत सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नक्सा त फेरियो तर, नक्सामा समेटिएको भूमि भने भारतले सडक नै बनाएर उपयोग गरिरहेको छ । नाकामा सडक बनाएरै भारतले तिर्थयात्राको बटो तय गरेको छ । भूमिमा अहिले पनि भारतीयको दबदबा छ । सेना नै राखेर भारतले नेपालले जारी गरेको नक्साको भूमि कब्जा नै गरेको छ ।

यद्यपी बुधबार पत्रकार सम्मेलन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिन् । ऐतिहासिक तथ्यले देखाएको सत्यको आडमा नयाँ नक्सा सार्वजनिक गर्ने कदम यो युगको सर्वाधिक ’उत्कृष्ट क्षण’ भएको मन्त्री अर्यालको भनाई छ । नक्सा जारी भएपछि नेपालीको मान र मानचित्र मात्रै बदलेको नभइ मनोबल पनि उच्च बनाएको छ । मन्त्री अर्यालले यसो भनिरहदा मुख्य प्रश्न चाही नक्सामा मात्रै यी क्षेत्र आफ्नो बनाउने हो की वास्तविकतामा पनि भन्ने बिषय हो । वास्तविकतामा कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन सरकारले वार्ता तथा छलफलका लागि प्रयत्न गरेपनि भारत सकरात्मक देखिएको छैन् ।
मन्त्री अर्यालले भारतले सकारात्मक रुपमा लिने विश्वास ब्यक्त गरेपनि अहिलेसम्म भारत सरकारले अधिकारिक रुपमा प्रतिक्रिया नै जनाएको छैन् । वर्षौ देखि नेपाली भूमिमा सेना राख्ने, चीनसँग सहमति गरेर बाटो खन्ने काम गरेको भारतले अब के गर्छ त्यो प्रतिक्षाको विषय बनेको छ ।
बिक्रम सम्बत २०१८ सालमा भएको जनगणन हुँदा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाल भित्रै थियो । तर, समयक्रम सँगै नेपालको प्रशासनिक र राजनीतिक उपस्थिति नभएपछि उक्त क्षेत्रमा भारतले सेना राख्यो । समयक्रमसँगै उक्त क्षेत्रका जनतालाई आफ्नै देशको नागरिक सरह विशेष सुविधा दियो । र, सन् २०१५ मा नेपाललाई थाहै नदिई यो क्षेत्रलाई व्यापारिक मार्गका रुपमा प्रयोग गर्ने सम्झौता चीनसँग गर्यो । त्यसपछि बल्ल नेपाल झस्किए झै भएको थियो ।

सन् २०१९ को नेभेम्बरमा भारतले यो क्षेत्रलाई आफनो भएको भन्दै नक्सामै समेट्यो । भारतले एकलौटी रुपमा नेपाली भूमिमा बनाएको बाटो १२ दिन अघि मे ८ मा उद्घाटन गरेको थियो । अहिले नेपालले उक्त क्षेत्रलाई समेटेर नक्सा सार्वजनिक गरेपछि चीन यो नेपाल र भारतको आन्तरिक मामला भन्दै पन्छिएको छ । हिजो भारतसँग यो भूमि प्रयोग गर्ने विषयमा सम्झौता गरेको चीन किन पन्छिन खोजिरहेको छ अझै खुलेको छैन् । जेठ ७ गते प्रयोगमा ल्याएको नक्साले अव सार्वजनिक तथा सरकारी निकायमा प्रयोगमा आउनेछ । सबै कार्यालय तथा पाठ्यपुस्तकमा समेत हराएको भूमि अव पढ्न र हेर्न पाइने छ । सबैमा नक्सा उल्लेख गरेपनि भारतले समेत आफनो नक्सामा समेटिएको भूभाग नेपालले नै प्रयोग गर्न पाउने गरी कहिले ब्यवस्था होला ? त्यसैले नेपालले तथ्य र प्रमाण मजबुद बनाएर भारत र चीनसँगको त्रिपक्षीय वार्ता र भारत नेपालको वार्ताबाट नै यो बिषय हल गर्न जरुरी छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपालको नक्सा

तपाईको कमेन्ट लेख्नुहोस्