Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

रौतहटमा थपिए १० जना कोरोना संक्रमित, संक्रमितको संख्या २९१


काठमाडौं ४ बैशाख । रौतहटमा १० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो सात बजेर १५ मिनेटको अध्यावधिक बिवरण अनुसार रौतहटमा १० जना कोरोना संक्रमित भेटिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ । रौतहट राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । नेपालमा कोरोनाकै कारण सिन्धुपाल्चोककी २९ बर्षिय महिलाको मुत्यु भएको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं