नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो
काठमाडौं ३० बैशाख । नेपालमा एकै दिन ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । खुला सीमानाबाट लुकीछिपी नेपाल भित्रिएका नेपालीमा कोरोना पोजेटिभ देखिएको हो ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्