कोरोना महामारीका कारण ९४ शव बिदेशमा रोकिए
काठमाडौं २१ बैशाख । बिश्वमा कोरोनाको महामारी फैलिएपछि नेपालमा आवात–जावत ठप्प छ । नेपालमा भएको लकडाउनका कारण हजारौं सपना बोकेर बैदेशिक रोजगारमा गएर मुत्यु भएका नेपालीहरुको शव स्वदेश ल्याउन समेत कठिनाई परेको छ । बिदेशमा मृत्यु भएका ९४ जनाको शव स्वदेश ल्याउन सकिएको छैन् । बिश्वव्यापी फैलिएको कोरोना महामारीकाले अन्तराष्ट्रिय उडान बन्द हुँदा बैदेशिक रोजगारमा निधन भएका नेपालीको शव स्वदेश ल्याउन सकिएको छैन् । सडक दुर्घटना, तथा विभिन्न कारणले मुत्यु भएका नेपालीको शव अन्तर्रा्ष्ट्रिय उडान बन्द भएपछि स्वदेश ल्याउन सकिएको छैन् । नेपाल सरकारले उनीहरूको अन्तिम संस्कार मुत्यु भएका देशहरुमै दाहासस्कार गर्न परिवारहरूसँग समन्वय गरिरहेको छ । केही परिवारको सहमती अनुसार सेसेल्स र दक्षिण कोरिया, युइइमा मृत्यु भएका चार नेपालीको दाहासस्कार गरिएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार अहिलेसम्म साउदी अरबमा २९, मलेसियामा ३०, युएईमा १७, कतारमा ९, कुवेतमा ८, बहराइनमा १, साइप्रसमा १, टर्कीमा १,साउथ कोरियामा १ जना गरी जम्मा ९८ जनाको मुत्यु भएको छ । मुत्यु भएका मध्ये ४ जनाको परिवारको परामर्श अनुसार बिदेशमै दाहंसंस्कार गरिसकिएको छ । ९८ जनामध्ये तीन जनाको कोरोना कारण मुत्यु भएको हो । श्रम मन्त्रालयको कल सेन्टरमार्फत परिवारसँग परामर्श गरिरहेपनि र धेरैले दाहसंस्कार गर्न मानिरहेका छैनन् । नेपालको मुख्य समस्या भनेको बेरोजगारी हो । अधिकांश नेपाली युवा रोजगारीको खोजीमा देश छोडेर अन्यत्र जाने गरेका छन् । आर्थिक बर्षमा ७ सय ५३ जनाले ज्यान गुमाएका छन् कोरोनाबाट मृत्यु भएका बाहेकको शव परिवारको सहमतिबिना विदेशमा अन्त्येष्टि गर्न पाइँदैन । लकडाउन लम्बिँदै जाँदा बिदेशमा रहेका शव कहिले नेपाल आउछन् भन्ने टुंगो छैन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #९४ शव बिदेशमा अलपत्र
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्