बीरगञ्जमा फेरि तीन जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५७ पुग्यो
काठमाडौं १७ बैशाख । नेपालमा थप तीन जना कोरोना संक्रमित भेटिएका छन् । वीरगंज–३ छपकैयामा एक र बाराको मस्जिदमा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । छपकैयाका एक सफाई कर्मचारीलाई पोजेटिभ देखिएपछि गरिएको उनको यात्रा विवरण अनुसार थप तीनमा पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो बीरगञ्जमा मात्रै कोरोना संक्रमित देखिन थालेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । उपचारपछि निको भएर १६ जना घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कूल ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । एकै दिनमा १ हजार १ सय ९३ वटा परीक्षण हुँदै आएको छ । हालसम्म १० हजार ८ सय ७ जनाको पिसीआर परीक्षण र ४४ हजार १९ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश सरकारमार्फत आरडटी अर्थात र्यापिड टेस्ट परीक्षण भइरहेको छ । सबै जिल्लामा यो परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ४८२८, प्रदेश दुईमा ५२४९, बागमति प्रदेशमा ८०१४, गण्डकी प्रदेशमा ४९३६, प्रदेश पाँचमा ५३२८, सुदूरपश्चिम प्रदेशमा १२,२८३ र कर्णाली प्रदेशमा ५१८१ जनाको ¥यापिड टेस्ट गरिएको छ । देशभरका क्वारेन्टाइनमा २२ हजार ९९ व्यक्ति छन् । आइसोलेसनमा १ सय ७ जना सम्भावित संक्रमित रहेका छन् । नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा २ हजार ३० वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २८ हजार १ सय २५ रहेको छ । तिमध्ये ३ सय ९ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ४ सय १६ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमितको संख्या ५७ पुग्यो
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्