लकडाउन थपिने निश्चित, कति दिन थप्ने भन्ने निर्णय मन्त्रीपरिषदले गर्ने

काठमाडौं १३ बैशाख । उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस संक्रमण लकडाउनकै कारण फैलन नपाएको निष्कर्ष निकालेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै लकडाउनको म्याद थप्नुपर्ने भन्दै कति दिन थप्ने भन्ने निर्णय मन्त्रीपरिषदलाई जिम्मा दिएको छ । लकडाउन थप्नेबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ । प्रनमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने बताएको छ । काठमाडौं कोरोनामुक्त भइसकेको छ भने उपचारपछि ११ जना घर फर्किसकेका छन् । अहिलेसम्म ४९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । सबैभन्दा बढी उदयपुरमा संत्रक्रमण देखिएको छ । तेस्रो चरणमा कोरोना संक्रमण देखिएको उदयपुरलाई शिल गरिएको छ । अन्य जिल्लामा फैलन नदिन लकडाउन थप्नैपर्ने निष्कर्ष निकालेको हो । यसैबीच कोरोना भाइरस कोभिड—१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । मे १५ तारिख अर्थात जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #लकडाउन थप्ने
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्