Techie IT
  • २९ भदौ २०८२, आईतबार

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो


काठमाडौं १० बैशाख । नेपालमा थप तीन जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । उदयपुरका २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य रहेको बताइएको छ । मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना ११ भारतीय र एक नेपालीमा ५ वैशाखमा कोरोना संक्रमण भएको पुष्टि थियो । भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो । संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएका उनीहरुलाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना उपचारपछि निको भएर फर्किसकेका छन् । उदयपुरमा संक्रमणको संख्या बढेपछि थप सर्तकता अपनाइएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #३ जनामा कोरोना संक्रमण पुष्टि

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं