Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

कैलालीको लम्की चुहामा एक ६० बर्षीया महिलामा कोरोना पोजेटिभ


काठमाडौं १ बैशाख । कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए । उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाईरहेको बताए । यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ। उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । यस्तै, बाग्लुमा एक ६५ बर्षीया महिलामा कोरोना संक्रमण भएको जनाइएको छ । यसको थप पुष्टि हुन बाँकी छ । यो सँगै नेपालमा कोरोना संक्रमणको संख्या १३ पुगेको छ । १ जना निको भएर फर्कीसकेका छन् भने १२ जनाको उपचार भइरहेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #थप एकजना कोरोना संक्रमित

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं