Techie IT
  • १५ मंसीर २०८०, शुक्रबार
KhojPatrika

कोरोना परिक्षण सुस्त, नमुना नै आउदैनन् प्रयोगशालामा


काठमाडौं २५ चैत । कोरानाले विश्वभर स्वास्थ्य समस्या निम्त्याइरहदा, नेपालमा समेत यसको जोखिम बढ्दो छ । बिदेशबाट आएका व्यक्तिहुँदै स्थानीयमा संक्रमण सर्दैगर्दा टेकुस्थित राष्ट्रिय प्रयोगशालालाई पुर्णरुपमा प्रयोगमा ल्याउनुको साटो प्रादेशिक प्रयोगशालाको प्रतिस्पर्धा चलिरहेको छ । विदेशबाट आएका व्यक्तिहुँदै स्थानीय व्यक्तिमा संक्रमण सरेपछि नेपालमा कोरोना संक्रमणले दोस्रो चरण प्रवेश गरेको छ ।
जनस्वास्थ्य विज्ञहरुले र्यापिड टेस्ट गरेर संक्रमित पहिचान गर्ने र सतर्कता नअपनाउने हो भने कुनै पनि बेला कोरोनाले महामारीको रुप लिनसक्नेतर्फ सचेत पनि गराइरहेका छन् । सरकारले लकडाउनमा कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान रोक लगाएर कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड डाइग्नोष्टिक टेष्ट गर्ने निर्णय गरेपनि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाको ल्याबलाई समेत पूर्ण रुपमा प्रयोग गर्न नसकेको पाइएको छ । क्वारेन्टाइनमा बसेकाहरुबाट परिक्षण सुरु गरेर संक्रमित व्यक्तिहरुको बासस्थान वरपर र तिनीहरुको सम्पर्कमा रहेकाहरुलाई दोश्रो चरण र २०७६ चैत महिनामा नेपाल प्रवेश गरेका र तिनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुलाई तेश्रो चरणमा परिक्षण गरिने भनिदैगर्दा हामीले टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाको पछिल्लो नमुना परिक्षणको अवस्था बारे जानकारी लिएका छौँ । केही प्रदेशमा प्रदेशस्तरीय कोरोना जांच प्रयोगशाला जडान गरेर नमुना परिक्षण सुरु गरिएपनि जनस्वास्थ्य प्रयोशालाको भन्दा फरक रिपोर्ट आउँदा विश्वसनियतामै प्रश्न उठिरहेको छ ।
कोराना संक्रमितसँगको यात्रा र उठबसमा देखिएका व्यक्तिहरुको परिक्षणमा लापरबाही गरिएको भनिदैगर्दा टेकुस्थित जनस्वास्थ्य प्रयोग शालामा आउने नमुना समेत निक्कै कम देखिएको छ । ५ सय नमुना परिक्षणको क्षमता भएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाएर १ हजार पुर्याउन सकिने भएपनि अहिले दिनमा न्यूनतम ६० देखी १ सय ७० वटा मात्रै नमुना परिक्षणका लागि आउने गरेका छन् । कोरोना परीक्षणका लागि रियलटाइम पीसीआर र पोर्टेबल पीसीआर मेसिनसँगै किट समेतको आवश्यकता पर्छ । दुवै उपकरण सञ्चालनका लागि प्रयोगशालामा बाहिरी हावासमेत पस्न नसक्ने, कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाहरु पनि हानिकारक तत्वबाट जोखिम नहुने प्रविधि बायोसेफ्टी लेबलको हुनुपर्छ । कतिपय प्रादेशिक परिक्षणको विश्वसनियतामै प्रश्न उठीरहँदा जनस्वास्थ्य प्रयोगशालालाई क्षमता अनुसार प्रयोगमा ल्याउन सरकारले सकिरहेको छैन ।
सरकारले भारतबाट आएर क्वारेन्टाइनमा बसेका तथा उनीहरुसँग नजिक रहेका व्यक्तिको पहिचान गरेर कोरोनाको तिब्र जाँच गर्ने भनेपनि र्यापिड टेष्टलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मान्यता दिएको छैन । यसैले र्यापिड टेष्ट किटबाट कोरोना परीक्षण गरेर सम्भावित संक्रमणको पहिचान गर्ने र पोजेटिभ आयो भने पीसीआर विधिबाट पुनः परीक्षण गर्ने सरकारको तयारी छ । तर भारतबाट एक लाख बढी स्वदेश आएको भनिदैगर्दा सरकारसँग कति कसरी आए भन्ने एकिन तथ्यांक नै छैन । कतिपय जानकारहरु त प्रदेश र स्थानीय तहले बनाएका क्वारेन्टाइन समेत मापदण्ड अनुसार नहुँदा उल्टै जोखिम बढेको बताइरहेका छन् । जनस्वनस्थ्य प्रयोगशालालाई नै क्षमता अनुसार प्रयोगमा ल्याउन नसक्ने सरकारले सुदुरपश्चिम प्रदेशमा सुरुवा ३ सय र त्यसपति २० हजारको परिक्षण गर्ने भन्दै टोली खटाएको छ । बाँकी परिक्षण र संक्रमित बढेमा गर्नुपर्ने उपचारलाई सरकारले कसरी व्यवस्थित गर्छ ? यसै भन्ने अवस्था छैन । पहिलो पटक स्थानीयमा संक्रमण सरेको पाइनु, भारतबाट आएकाहरुमा संक्रमण भेटिनु र यसरी आउनेको संख्या ठूलो रहनुले समुदायमा संक्रमणको डर बढाइरहँदा सरकारको भुमिका कस्तो रहन्छ त्यो भने हेर्न बाँकी नै छ ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना परिक्षण सुस्त

तपाईको कमेन्ट लेख्नुहोस्