कसले सञ्चालन गर्ला संसदको बैठक ?
काठमाडौं २५ मंसिर । संघीय संसदको हिउंदे अधिवेशन कहिले बोलाउने भन्ने अन्यौल हटेको छ । मन्त्रीपरिषद बैठकले पुष ४ गते संसदको हिउंदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेपछि अन्यौल हटेको हो । यो संगै २ महिनादेखि सुनसान रहेको संसद बैठक सुरु हुने संकेत देखिएको छ । रिक्त रहेको सभामुख पदको समेत निर्वाचन हुने बाटो खुलेको छ । सोमबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी पुष ४ गते संघीय संसदको हिउंदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । यसअघि बर्षे अधिवेशन सकिएको २ महिना वितिसक्दा समेत सरकारले हिउंदे अधिवेशन बोलाउने कुनै तयारी नगरेको भन्दै सरकारको आलोचना हुदै आएको थियो । संसदको हिउंदे अधिवेशन बोलाउन सरकारको सिफासिरमा राष्ट्रपतिले बोलाउने संवैधानिक व्यवस्था छ । अव सुरु हुने हिउंदे अधिवेशनले गर्नु पर्ने मुख्य काम भनेको सभामुख चयन पहिलो काम हो । त्यसपछि यसअघिदेखि संसदमा विचाराधिन रहेका विभिन्न विधेयकहरुलाई पास गर्नु,कानुन बनाउनु, र अन्य नियमित काम अघी बढाउनु हो । तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुछिएपछि अहिले सभामुख पद रिक्त छ । महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । महरा बलात्कार प्रकरणमा पुर्पक्षका लागि जेल चलान भइसकेकोले अब नयाँ सभामुख को बन्ने भन्नेमा राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । उपसभामुख शिवमाया तुम्बाहम्फेले आफू सभामुखका लागि योग्य रहेको भन्दै सो पदका लागि दावेदारी प्रस्तुत गरिसकेपनि सत्तारुढ दल नेकपाले स्पष्ट धारणा तय गरीसकेको छैन । नेकपाले उपसभामुखलाई राजीनामा गराउन कोसिस गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले पनि प्रतिपक्षी दल कांग्रेसले सभामुख आफुहरुले पाउनुपर्ने अडान र दावी गर्दै आइरहेका छन । उता सत्तारुढ दल नेकपाभित्र सभामुख आफैले राख्नुपर्ने रणनीतिमा लागेका छन । संघीय संसदको हिउदे अधिवेशन बोलाउने तयारी भएसंगै यति बेला सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल कांग्रेसभित्र सभामुख कस्लाई बनाउने भन्ने बारे पनि बहस र छलफल मा जुटेका छन् । अव हुने प्रतिनिधि सभाको पहिलो बैठकको पहिलो एजेण्डा नै सभामुख चयन प्रक्रिया नै हो । त्यसैले पनि अव हुने संसदको हिउंदे अधिवेशनले सभामुख पाउने सम्भावना बढेको छ । राजनीतिक दलहरुलाई भने पार्टीबाट कस्लाई सभामुख बनाउने भन्ने चुनौती देखिएको छ । सोमबार मात्रै सत्तारुढ दल नेकपाले पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद्को बैठक एकैदिन राखेर सरकार र पार्टीको कामलाई समेत प्रभावकारी ढंगबाट लग्ने तयारी गरेको छ । यसबाट विगतमा सरकारका अर्णियको बन्दी भयो र काम प्रभावकारी भएन भन्ने आरोपलाई समेत चुनौती दिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संसदको बैठक
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्