सधैंको जुहारी, सधैंको सत्तापक्षीय र प्रतिपक्षबीच कटाक्ष
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संघीय संसदको प्रतिनिधिसभाको बैठकमा संबोधन गरे । सुरुमै बैठकको संबोधन गरेका प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रा कामको प्रशंसा गरे । उनले लोकतान्त्रिक गणतन्त्रका बिरुद्धमा कोहीले धावा बोल्न खोजे आफूहरु पनि सडकमा आएर प्रतिबाद गर्ने सम्मको चेतावनी दिए । त्यतिमात्रै होइन प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म आफूले प्रधानमन्त्री नछोड्ने समेत बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको एउटै भनाई थियो सबै कोणबाट सरकार सफल भइरहेको छ । तर, प्रतिपक्षीले कहाँ पचाउनु त्यसको खण्डन ग¥यो । सरकार गठन भएदेखि नै जनताको हितमा उल्लेख्य काम हुन नसकेको नेपाली कांग्रेस र राजपाको आरोप छ । सरकारले गरेका काम सफल भएको प्रधानमन्त्री ओलीको दावी थियो । संसदबाटै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपाले सरकार असफल भएको आरोप लगायो । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको टिप्पणी गरे । जनताले प्रधानमन्त्रीसंग गरेको कार्यसम्पादन करार खै भनेर रिजालले प्रश्न तेर्याए । कांग्रेसले मात्रै होइन, अर्को विपक्षी दल राजपालाई पनि सरकारको काम मन परेको छैन । न त प्रधानमन्त्रीले गरेको दावी नै स्वीकार गरेको छ । सरकार असफल भएको उदाहरणको रुपमा राजपाका सांसद अनिलकुमार झाले बाढीका कारण तराईका जनताले राहत नपाएको गुनासो गरे । प्रतिपक्षले मात्रै होइन, सरकारको कामप्रति नागरिकले पनि सन्तुष्टी व्यक्त गर्न सकेका छैनन् । बहुमतको सरकारले जे जस्ता आश्वासन देखाएको थियो, त्यो पूरा नभएको नागरिकको आरोप छ । एक दिनको मात्रै होइन संसदमा सधैं यस्तै यस्तै जुहारी र कटाक्ष निरन्तर चलिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख
ट्याग : #samsad ma juhari
ताजा खबर
- १राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय
- २टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर पहिलोपटक राष्ट्रिय टोलीमा
- ३जनकपुरमा निधिका समर्थकले जलाए महामन्त्री थापाको पुत्ला
- ४रास्वपा उपसभापतिमा सहमति गरेका कुलमानको दाबीः म कुनै पार्टी सदस्य छैन
- ५विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता मनिष झाले गरे निन्दा



तपाईको कमेन्ट लेख्नुहोस्