नेकपामा स्कुल बिभाग पोखरेललाई, प्रचार बिभाग श्रेष्ठलाई
काठमाडौं ३१ साउन । लामो समयदेखि नेकपामा देखिएको स्कुल बिभागको बिवाद टुंगिएको छ । शुक्रबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले जिम्मेवारी बाँडफाड गरेपछि बिबाद समाधान भएको हो । स्कुल विभागको संयोजक ईश्वर पोखरेललाई बनाइएको छ । स्कुल बिभागमा दाबी गर्दे आएका नेता नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग दिइएको छ । प्रचार बिभाग पाएपछि श्रेष्ठले स्कुल बिभाग छाडेका हुन् । अन्य बिभागको समेत नेकपाले टुंगो लगाएको छ । विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा अध्ययन विभागमा झलनाथ खनाल तोकिएको छ । यसअघि नै सहमति भइसकेका भनिएको संगठन विभागमा बामदेव गौतम नै पक्का भएका छन् । बैठकले सातवटै प्रदेशमा सहइन्चार्ज थप्ने निर्णय पनि गरेको छ । यस अघि प्रदेशमा इन्चार्ज मात्रै राख्ने निर्णय गरिएको थियो । लामो रस्साकस्सीपछि बिबाद मिलेपछि पार्टी एकताका अन्य काम काम गर्न समेत सहज भएको नेताहरुले बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #nekapa bibad
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्