किन मनाइन्छ गाइजात्रा ?
काठमाडौं ३१ साउन । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म मनाइन्छ । यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरबाहेक मुलुकका अन्य केही भागमा पनि मनाइन्छ । एक वर्षयता दिवङ्गत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रुपमा सिँगारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यो पर्वमा गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाउछन् । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । आजका दिन भजन कीर्तन पनि गरिन्छ । गाईजात्राबारे अनेकन मान्यता रहे पनि राजा प्रताप मल्लको पालामा भएको एउटा घटनालाई प्रधान मानिने गरिएको छ । राजाका छोराको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनयता दिवङ्गत भएकाहरुको सम्झनामा गाईजात्रा निकाल्न अनिवार्य गरेका थिए । यो देखेपछि शोकमा डुबेकी रानी सहज अवस्थामा फर्किएको जनबिश्वास छ । गाईजात्राका अवसरमा काठमाडौं उपत्यकाको बसन्तपुर इन्द्रचोकमा पनि भीडभाड लाग्छ । त्यहाँ साना–साना बालबालिकाहरु सिगाँरिएका हुन्छन् । गाईजात्रा पर्व काठमाडाँै उपत्यकाका विभिन्न स्थानका अतिरिक्त काभेपलाञ्चोकका बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवकोटको त्रिशूलीबजार, पाल्पा, दोलखा, खोटाड., रामेछाप, भोजपुरलगायत स्थानमा मनाउने गरिन्छ । गाइजात्राका दिन व्यङ्ग गर्न छुट पाउने परम्परा पनि चलिआएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #gai jatra
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्