Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

किन सुध्रिदैनन् राजनीतिक दल ?


काठमाडौं १३ साउन । देश र समाज परिवर्तन गर्न राजनीति नै स्वच्छ अनि क्रियासिल हुनुपर्छ । राजनीतिक दल नै कमजोर भए भने कसरी देश र समाज परिवर्तन हुन्छ । हो पछिल्लो समय नेपालका राजनीतिक दल आ–आफनै समस्यामा ग्रसित छन् । राजपाले महाधिवेशन नै गर्न सकेको छैन । आपसमा कलह छ । समाजवादी पार्टी सरकारमा बस्नुपर्छ कि बाहिरिने भन्नेमा विवादको भूमरीमा छ । राप्रपामा रहेका नेताहरु जुट्न जति हौसिन्छन् फुट्न त्यति हतारिन्छन् । ठूला दलमा त झन ठूलै विवाद । सबैभन्दा ठूलो दल सत्तासीन नेकपाले एकता प्रक्रियालाई अझै पूर्णता दिन सकेको छैन । स्कुल विभागको विवादले कुनै विभाग बनाउन सकेको छैन । गुटहरुको महासंघ जस्तै भएको छ नेकपा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस चुनावी पराजयको झड्काले अझै तंग्रिएको छैन । उसको हरेक गतिविधि र एजेण्डा विवादमुक्त छैनन् । गुटै–गुटले झागिएको कांग्रेसले देश निर्माणको कुरा सोच्नै सकेको छैन् । हामीले अंगीकार गरेको राजनीतिक व्यवस्थामा दलले शासन गर्ने हो । दलहरु जनताका प्रतिनिधि हुन् । उनीहरुले जनादेश अनुसार शासन संचालन गर्दछन् । कोही सत्ता पक्ष बन्छन् त कोही सत्तापक्षको खबरदारी गर्न प्रतिपक्षी दलको भूमिकामा हुन्छन् । संसद बैठक ४० मिनेटसम्म हो–हल्ला र हाँसी मजाकले अवरोध हुन्छ र स्थगित हुन्छ । मुलुक समस्यै समस्याले ग्रस्त छ । भ्रष्टाचारका नयाँ नयाँ काण्ड दिनहुँ सार्वजनिक भइरहेका छन् । एक किसिमले मुलुक माफियाको कब्जामा छ । बाढीपहिरोले जनता आक्रान्त भएका छन् । करिव डेढ सय जनाको ज्यान गइसकेको छ । तर, सरकार तथा दलहरुले गोहीले जस्तो आशु चुहाउने काम बाहेक केही गर्न सकेका छैनन् । राजनीतिक दलहरु आन्तरिक विवादमा रुमलिदा राष्ट्रिय एजेण्डा गौण भएका छन् । यसलाई किमार्थ पनि स्वभाविक र सामान्य ठान्ने भुल नेपाली दल र नेताहरुले लिनै मिल्दैन ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख
ट्याग : #rajnitik dal

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं