किन तीन बर्षदेखि राष्ट्रिय बाघ संरक्षण समितिको बैठक बसेन ?
विश्वभर बाघ संरक्षणका लागि अभियानहरु भैरहेका बेला नेपालले पनि सन् २०२० सम्म बाघको संख्यामा दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ । नेपालमा गतवर्ष भएको गणनाका अनुसार बाघको संख्या बढेको छ । जसअनुसार सन् २०१३ मा बाघको संख्या १ सय ९० थियो । सरकारले बाघ संरक्षणलाई प्राथमिकता दिएपनि अझै प्रभावकारी हुन नसकेको विज्ञहरुको भनाइ छ । बाघ संरक्षणका लागि भएको अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार बाघको संरक्षणका निम्ति नीति तथा कार्यक्रम तय गर्न बनेको राष्ट्रिय बाघ संरक्षण समितिको बैठक तीनवर्षदेखि बस्न सकेको छैन । प्रधानमन्त्री अध्यक्ष रहने समितिको बैठक नबस्दा बाघ संरक्षणका नयाँ कदमहरु चाल्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बाघ संरक्षणका लागि वन्यजन्तु आरक्ष र राष्ट्रिय निकुञ्जको मात्र भर नपरेर देशैभरका चुरे क्षेत्रको संरक्षण आवश्यक भएको कुवँरले बताए । बाघको संरक्षण गर्न वन संरक्षण गर्नुपर्ने र बाघ सहितको बन रहेमा मात्र पर्यावरणीय सन्तुलन रहने भन्दै विज्ञहरुले बाघ संरक्षणमा जोड दिँदै आएको छ । तराईमा बाघ, पहाडमा चितुवा र हिमालमा हिमचितुवाको संरक्षण मुख्य प्राथमिकतामा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बाघ दिवस, बाघको इतिहास र उपयोगिता भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #tigger nepal
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्