लिवियाबाट १५ नेपालीको उद्धार, स्वदेश फर्काउने तयारी
काठमाडौं ६ जेठ । अबैध रुपमा काममा लागि लिबिया पुगेका १५ जना नेपालीको उद्धार गरिएको छ । रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको हो । डर त्रासमा काम लगाइएको र नेपाल फर्कन खोज्दा पनि राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन आइओएममा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्कीको उद्धार गरिएको हो । सबै कामदारलाई शरण दिइरहेको आइओएमले नै नेपाल फर्कने हवाई टिकटको ब्यवस्था पनि मिलाएको छ । दुईसाता अघि पनि दूतावासले सात जनालाई उद्धार गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #libiya
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्