त्रिशूलीमा बस खस्यो,९ जनाको मृत्यु
धादिङ ५ जेठ । धादिङको गजुरी गाउँपालिका – ६ बन्छेटारस्थित काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बस त्रिशूली नदिमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । पृथ्वी राजमार्गबाट ५० मिटर तल ना.७.ख ४३८७ नम्बरको रात्रीबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी मृत्यु हनुेमा इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, धादिङ वेनिघाट रोराङका राजन आचार्य, चन्द्रागिरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन् । यसैगरी दुर्घटनामा परी मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगर रहेका छन् । अन्य ३ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । नामथर नखुलेको वर्ष ४० का एक पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै वतन नखुलेको अन्दाजी ३० र ३२ वर्षका एक पुरुष र नामथर वतन नखुलेको अन्दाजी वर्ष २० को पुरुषको शव दिउँसो ३ बजेतिर घटनास्थलमा फेला परेको थियो । दुर्घटनामा २९ जना घाइते भएका छन् । जसमा १४ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूलाई उद्दारपछि तत्काल काठमाडौं पठाइएको थियो । बाँकी घाइतेहरूको गजुरी, आदामघाट र गल्छीमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #breeking
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्