त्रिशूलीमा बस खस्यो,९ जनाको मृत्यु
धादिङ ५ जेठ । धादिङको गजुरी गाउँपालिका – ६ बन्छेटारस्थित काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बस त्रिशूली नदिमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । पृथ्वी राजमार्गबाट ५० मिटर तल ना.७.ख ४३८७ नम्बरको रात्रीबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी मृत्यु हनुेमा इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, धादिङ वेनिघाट रोराङका राजन आचार्य, चन्द्रागिरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन् । यसैगरी दुर्घटनामा परी मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगर रहेका छन् । अन्य ३ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । नामथर नखुलेको वर्ष ४० का एक पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै वतन नखुलेको अन्दाजी ३० र ३२ वर्षका एक पुरुष र नामथर वतन नखुलेको अन्दाजी वर्ष २० को पुरुषको शव दिउँसो ३ बजेतिर घटनास्थलमा फेला परेको थियो । दुर्घटनामा २९ जना घाइते भएका छन् । जसमा १४ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूलाई उद्दारपछि तत्काल काठमाडौं पठाइएको थियो । बाँकी घाइतेहरूको गजुरी, आदामघाट र गल्छीमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #breeking
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्