प्रधानमन्त्रीको घोषणा लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थल बनाउने
कपिलबस्तु ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलको रुपमा विकास गर्ने घोषणा गरेका छन् । २५६३ औँ बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा आयोजित भिक्षुभिक्षुणीहरुलाई संघ दान गर्ने कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पूनर्जीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । ‘विगतका वर्षमा लुम्बिनीका लागि धेरै प्रयासहरुले सार्थक रुप लिदैँ गएको भन्दै यो वर्षदेखि योजनाबद्ध ढंगले सरकार अघि बढ्ने दाबी गरे । लुम्बिनीबाट विश्वसमुदायलाई बुद्धका सन्देशहरु फैलाउनका लागि लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मूलुकहरुसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए । सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा धार्मिक तथा पर्यटकीय गतिविधिहरु बढाउँदै लग्ने प्रतिबद्धता जनाए । थाई विहारका भिक्षु सुपथले प्रधानमन्त्रीको उपस्थितिमा विहारमा बौद्धसमुदायलाई नै सन्देश दिने गरी कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #pm news
ताजा खबर
- १इप्पान अध्यक्ष कार्की भन्छन्ः १० महिना भइसक्यो, वनमा छिर्न पाइँदैन, कसरी आयोजना पूरा गर्ने ?
- २ओली हावा कुरा गर्छन्, ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः दाहाल
- ३नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपालबीच पार्टी समायोजन (तस्बिरहरु)
- ४दुर्गा प्रसाईंको समूहले सरकारसँग राख्यो २७ बुँदे माग
- ५नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट पायो दल दर्ताको प्रमाणपत्र



तपाईको कमेन्ट लेख्नुहोस्