प्रधानमन्त्री ओली झापा र मोरङ जाँदै बिभिन्न कार्यक्रममा सहभागी हुने
काठमाण्डौ १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार र सोमबार मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुदैछन् । आइतबार बिहान ८ बजे काठमाडौंमा रिपोटर्सक्लवको कार्यक्रममा सहभागि भएपछि उनी बिराटनगर जाने कार्यक्रम छ । १२ बजे मोरङको उर्लाबारी नगरपालिकामा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन , मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटनमा सहभागि हुनेछन् । अपरान्ह ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिकरप्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ । नगरपालिका भवनको उद्घाटन पनि गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आइतबार नै मदन भण्डारी रंगशालासम्बन्धी सरोकारवालाहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ । सोमबार बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ । दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्नेछन् । प्रधानमन्त्री ओलीले दिउँसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिकामा रहेको स्कुल चौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्नेछन् । प्रधानमन्त्री ओली सोमबार काठमाडौं फर्कने छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्