काठमाडौंमा लगानी सम्मेलन सुरू , ६ सयबढी लगानीकर्ताको सहभागिता
काठमाडौं १५ चैत । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलन काठमाडौमा सुरू भएको छ। काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा सुरू भएको सम्मेलनको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको भन्दै सुरक्षित महशुस गरेर लगानी गर्न सबैलाई आग्रह गरेका छन्। सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिएको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्था समेत कडा र चुस्त बनाइएको छ। सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने नेताहरुले विश्वास ब्यक्त गरेका छन् । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६ सयबढी लगानीकर्ताको सहभागिता छ। यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको पनि उल्लेख्य सहभागिता रहेको छ। सरकारले सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ। प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योगधन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ। त्यस्तै, अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्वागत गर्दे सरकारले विकास र समृद्धिका लागि अघि सारेका कार्यक्रम र लगानीका क्षेत्रहरु बारेमा जानकारी गराएका थिए। दुईसम्म चल्ने सम्मेलनमा बिभिन्न क्षेत्रबाट आएका लगानीकर्ताले पनि आफनो धारणा राख्ने बताइएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्