कांग्रेसको केन्द्रीय समिति बैठक, पौडेल र सिटौला पक्षले बष्हिष्कार गर्ने

काठमाडौं ४ चैत । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बोलाइएको छ । सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक परिवेशमा पार्टीमा भूमिकाबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न सभापति देउवाले आइतबार आफ्नो निवास बुढानीलकण्डमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक राखेका थिए । तर, बैठकमा कुनै सहमति जुटेन । सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षीय नेताले बैठक बहिष्कार गर्ने जनाएका छन् । दुबै पक्षीय नेताले संस्थागत निर्णयले नभई एकलौटी रुपमा चलाएको भन्दै आलोचना गर्दै आएका छन् । उनीहरुले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने यसअघि नै निर्णय गरेका थिए । यसअघिको केन्द्रीय कार्यसमिति बैठक नै उनीहरुले देउवाको कार्यशैली सुधार नभएसम्म सहभागी नहुने भन्दै बहिस्कार गरेका थिए । देउवा इतरका नेताहरुले सोमबारदेखि सुरु हुने बैठक पनि बहिस्कार गर्ने बताएपछि कांग्रेसभित्र थप बिबाद चर्किने देखिएको छ । बैठकमा पार्टीको अनुशासन आयोग र अरु केही आयोग तथा नेविसंघको महाधिवेशनका लागि तदर्थ समिति बनाउने विषयमा छलफल गर्ने तयारी देउवाले गरेका छन् । सभपाति देउवाले बहुमतका आधारमा महासमितिले दिएको निर्देशन विपरीत विधानलाई अनुमोदन गरेको र अरु महत्वपूर्ण निर्णय पनि बहुमतकै आधारमा हुन लागेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले फागुन ९ गते पनि बोलाइएको केन्द्रीय समितिको बैठक बहिस्कार गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
तपाईको कमेन्ट लेख्नुहोस्