बिप्लवको नेपाल बन्द, ठाउँ ठाँउमा बम
काठमाडौ ३० फागुन । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलेनेपाल बन्दको आह्वान गरेको छ । सरकारले मंगलबार प्रतिबन्ध लगाएको नेकपाले बिहीबारका लागि आह्वान गरेको नेपाल बन्दलाई लिएर देशभरको सुरक्षा ब्यवस्था कडा बनाइएको छ। तर, ठाउँ ठाउँमा बम भेटिएका छन् । कास्कीको पोखरा सभागृह, काठमाडौको अनामनगरमा पनि बम भेटिएको छ । अन्य ठाउँमा शंकास्पदबस्तु फेला परेका छन् । निस्क्रिय पार्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुरक्षा खतरालाई मध्यनजर गर्दै बुधबार काठमाडौंलगायत विभिन्न जिल्लाको जिल्ला सुरक्षा समिति बैठक बसेको थियो। काठमाडौं जिल्ला सुरक्षाा समितीको बैठकले सुरक्षा ब्यवस्थापनमा कुनै कसर नराख्ने निर्णय गरेको छ। सरकारले लगातार दमन गर्न थालेको भन्दै विप्लव समूहले बिहीबारको नेपाल बन्द आह्वान गरेको हो। काठमाडौ उपत्यकामा बिप्लव समूहका आपराधिक गतिविधि बढेपछि प्रहरीले गत साता विप्लवको रुपन्देहीस्थित आधार इलाकामा छापा मारेको थियो। त्यहाँबाट केही हतियार बरामद भएका थिए। त्यसअघि विप्लव समूहले ललितपुरको नख्खुमा विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। त्यसको केही दिनपछि बसुन्धारास्थित वैदेशिक रोजगार व्यवशायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा पार्किङ गरिराखेको उनको गाडीमा भएको विस्फोटनको जिम्मा पनि विप्लव समूहले लिएको थियो। सुदुर पश्चिममा प्रदेश सांसदको अपहरणमा पनि विप्लव समूहले जिम्मा लिएको थियो। प्रदेश तथा संघीय संसदको चुनावताका राजधानीमा शृंखलाबद्ध बम विस्फोट गराएको विप्लव समूहप्रति सुरक्षा निकाय सचेत छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्