एक बर्ष पूरा गर्यो संघीय संसदले, कानुन निर्माण प्राथमिकतामा

काठमाडौं २१ फागुन । संघीय संसदले एक बर्ष पूरा गरेको छ । पाँच वर्ष कार्यकाल भएको संघीय संसदले आज एक बर्ष पूरा गरेको हो । गत वर्ष फागुन २१ गते पहिलो अधिवेशन सुरु भएको थियो । यतिबेला संघीय संसदको तेस्रो अधिवेशन चलिरहेको छ । २०७२ सालमा जारी भएको नेपालको संविधानअनुसार गत वर्ष मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधि र प्रदेशसभाको चुनाव भएको थियो । चुनावमा एमाले र नेकपा माओवादीको सयुक्त चुनावमा लडेका थिए । झण्डै दुई तिहाइ बहुमत ल्याएको थियो भने प्रतिपक्षीका रुपमा कांग्रेस निकै कमजोर भएकाृे थियो । मंसिरमा चुनाव भए पनि राष्ट्रियसभाको गठन हुन ढिलाई हुँदा अधिवेशन फागुन २१ गतेदेखि सुरु भएको थियो । प्रतिनिधि र राष्ट्रियसभा गरी दुई संघीय संसद दुई सदन छन् । एक सय ६५ प्रत्यक्ष निर्वाचित र समानुपातिक एक सय १० गरी प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ भने राष्ट्रियसभा ५९ सदस्यीय छ । संघीय संसदको अधिवेशन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । ओलीले प्रधानमन्त्रीमा निर्वाचित हुँदा दुई सय ८ मत पाएका थिए । पहिलो अधिवेशनमै संसदले राष्ट्रपति, उपराष्ट्रपतिसहित सभामुख, राष्ट्रियसभाको अध्यक्ष उपाध्यक्ष, उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित गरेको थियो । संघीय संसदको अधिवेशन सुरु भएको एक वर्षभित्र सबै कानुन बनेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबार नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरेकी छिन् । मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १७ वटा कानुन पनि संघीय संसदले एक वर्षमा निर्माण गरेको छ । अव संघीय संसदके कार्यकाल चार बर्ष बाँकी छ । संसदमा यो एक बर्षमा सांसदले उठाएका बिषयबस्तुमा सरकार गम्भिर नभएको गुनासो पनि छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्