एक बर्ष पूरा गर्यो संघीय संसदले, कानुन निर्माण प्राथमिकतामा
काठमाडौं २१ फागुन । संघीय संसदले एक बर्ष पूरा गरेको छ । पाँच वर्ष कार्यकाल भएको संघीय संसदले आज एक बर्ष पूरा गरेको हो । गत वर्ष फागुन २१ गते पहिलो अधिवेशन सुरु भएको थियो । यतिबेला संघीय संसदको तेस्रो अधिवेशन चलिरहेको छ । २०७२ सालमा जारी भएको नेपालको संविधानअनुसार गत वर्ष मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधि र प्रदेशसभाको चुनाव भएको थियो । चुनावमा एमाले र नेकपा माओवादीको सयुक्त चुनावमा लडेका थिए । झण्डै दुई तिहाइ बहुमत ल्याएको थियो भने प्रतिपक्षीका रुपमा कांग्रेस निकै कमजोर भएकाृे थियो । मंसिरमा चुनाव भए पनि राष्ट्रियसभाको गठन हुन ढिलाई हुँदा अधिवेशन फागुन २१ गतेदेखि सुरु भएको थियो । प्रतिनिधि र राष्ट्रियसभा गरी दुई संघीय संसद दुई सदन छन् । एक सय ६५ प्रत्यक्ष निर्वाचित र समानुपातिक एक सय १० गरी प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ भने राष्ट्रियसभा ५९ सदस्यीय छ । संघीय संसदको अधिवेशन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । ओलीले प्रधानमन्त्रीमा निर्वाचित हुँदा दुई सय ८ मत पाएका थिए । पहिलो अधिवेशनमै संसदले राष्ट्रपति, उपराष्ट्रपतिसहित सभामुख, राष्ट्रियसभाको अध्यक्ष उपाध्यक्ष, उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित गरेको थियो । संघीय संसदको अधिवेशन सुरु भएको एक वर्षभित्र सबै कानुन बनेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबार नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरेकी छिन् । मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १७ वटा कानुन पनि संघीय संसदले एक वर्षमा निर्माण गरेको छ । अव संघीय संसदके कार्यकाल चार बर्ष बाँकी छ । संसदमा यो एक बर्षमा सांसदले उठाएका बिषयबस्तुमा सरकार गम्भिर नभएको गुनासो पनि छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्