नेपाल–भारत सम्बन्ध चिसिन नदिने नवनियुक्त राजदूत आचार्यको उद्घोष
काठमाडौं–भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले सरकारको परराष्ट्र नीतिलाई कार्यान्वयन गर्ने काममा आफू दत्तचित्त भएर लागिपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘भारतसँगको सम्बन्ध सकारात्मक ढंगले अघि बढिरहेको र त्यसलाई अझै सुदृढ बनाउनुपर्ने छ। नेपाल– भारत सम्बन्ध चिसिन दिने छैन।’
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) गठन भइ द्विपक्षीय सम्बन्धमा गहन प्रतिवेदन तयार हुनु सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै आचार्यले विगतका कुराबाट दुवै देशले पाठ सिकेर अघि बढ्नुपर्ने बताए। ‘विगतका विभिन्न राजनीतिक दलका प्रतिनिधि नेपालमा प्रधानमन्त्री हुँदा भारत र नेपालबीच कस्तो सम्बन्ध थियो र अब कस्तो सम्बन्ध हुनुपर्छ भन्ने प्रतिवेदन नै इपिजी प्रतिवेदन हो,’ उनले भने।
इपिजीको प्रतिवेदन आइसकेपछि कसरी कार्यान्वयन गर्ने भन्ने कुरा दुई देशका सरकारमा निर्भर रहने उनको भनाइ छ।
उनले नेपालको समृद्धिका लागि भारतीय लगानी भित्र्याउने, रेलमार्ग, जलमार्ग लगायतका सरकारले अघि बढाएको कामलाई सहज ढंगले अघि बढाउन पहल गर्ने, दुई देशबीचको सडक सञ्जाल विस्तार, सीमा अपराध नियन्त्रण लगायतका कामलाई पनि आफूले प्राथमिकता दिने बताए।
क्याटेगोरी : ब्रेकिंग न्युज
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्