प्रचण्डलाई ओलीको प्रश्न–मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् । शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ती, उपदेश दिएको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’ प्रधानमन्त्री ओलीले दाहाल आफैंलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गरे ।
उनले बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताए । वर्तमान व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै उनले यसको विकास र परिमार्जन गर्दै लाने बताए । नेपालमा अब कुनै पनि प्रकारको हिंसा सम्भव नभएको बताउँदै ओलीले भने, ‘कसैले गर्न खोजे पनि, चाहे पनि सम्भव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने ? हामी त सधैँ बारुदमाथि नै, बारुदका बीचमै यात्रा गरेर आएका हौं ।
आजदेखि होइन, आधा शताब्दीभन्दा बढी समयदेखि । म ६ दशकदेखि यही देश बनाउने अभियानमा छु ।’ उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए । त्यसभन्दा हप्ता दिन अगाडि नै प्रधानमन्त्री पद छोड्ने बताउँदै ओलीले आफूलाई बढी प्रधानमन्त्री पद खानेभन्दा पनि समयमै हस्तान्तरण गरौं भन्ने लागिरहेको सुनाए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पुष्पकमल दाहाल, #प्रधानमन्त्री केपी शर्मा, #बंगलादेश र श्रीलङ्का
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्