एमाले अध्यक्ष ओलीको गम्भिर आरोपः प्रचण्डले गोप्य रुपमा रअ प्रमुख भेटे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत पुगेर भारतीय गुप्तचर प्रमुखसँग गोप्य रुपमा भेटेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी ओलीले गरेका हुन् । ओलीले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए । भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको र कुनै कुरा नलुकाएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहीतका पक्षमा कुनै कुरा नगरेको आरोप लगाए । अध्यक्ष ओलीले नेपालमा बहुदलिय व्यवस्था रहेको भएपनि लोकतन्त्र र कानूनी राज नरहेको दाबी समेत गरेका छन् । नेपालको प्रधानमन्त्री नेपाली जनता र नेपाली संसदबाट नचुनिएको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि ठट्टा गरिएको उनको भनाई छ ।
नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनैपनि स्थानमा भेट्न तयार रहेको बताए ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशका हीतहरुलाई जन्मदिनको केक झैँ काटेको आरोप लगाए । अध्यक्ष ओलीले बालुवाटार, शीतलनिवास लगायतका अनियमतताका घटनाहरुको सत्यतथ्य छानबिनमा सहयोग गर्न एमाले तयार रहेको बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ओलीको गम्भिर आरोप, #पुष्पकमल दाहाल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्