आर्थिक बर्ष २०८०/०८१ को बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैया

काठमाडौं । सरकारले संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गरेको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि आकारको बजेट पेश गरेका हुन् । जसअनुसार आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३३ करोडको बजेट पेश भएको छ । ११ खर्ब ४१ अर्ब ७८ साधारण खर्चतर्फ विनियोजन गरेको सरकारले ३ खर्ब २ अर्ब ७ करोड रुपैया मात्रै पूजीगत खर्चका लागि विनियोजन गरेको छ । सरकारले संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गरेको छ । कृषि क्षेत्रलाई बढि महत्व दिइएको बजेटको आकार भने चालू आर्थिक वर्षको भन्दा घटेको छ ।
चालू आर्थिक वर्षमा कूल बजेटको ८३ प्रतिशत रकम मात्रै खर्च हुन सक्ने प्रक्षेपण गर्दै सरकारले राजश्व संकलनमा आएको संकुचन र वैदेशिक अनुदानमा आएको ह्रासलाई ध्यान दिदै बजेटको आकार घटाएको हो । चालू आर्थिक वर्षमा सरकार आफैले लिएको लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल हुन नसकेका बेला सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य समेत घटाएको छ । तर भारत र चीनको आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढि देखिएको निष्कर्ष निकाल्दै नेपालको अर्थतन्त्रको आधार समेत बढ्ने सरकारको अनुमान छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटनलाई धेरै जोड दिएको छ । कृषि क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ । त्यस्तै पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाइने, सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाउने घोषणा गरेको सरकारलेसन् २०२३ मा १० लाख पर्यटक नेपाल ल्याउने घोषणा समेत गरेको छ ।
त्यस्तै राजश्वको दायरा विस्तार गर्ने, अर्थतन्त्रलाई लयमा फर्काउन समेत विभिन्न योजना सरकारले अघि सारेको छ । श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती गरेको सरकारले पुरा हुन नसक्ने आयोजनामा रकम खर्च नगर्ने नीति अघि सारेको छ । अर्थतन्त्र विस्तार गर्न वातावरणको अध्ययनबाट उपयुक्त देखिएका ठाउँबाट ढुङ्गा, गिट्टी निष्कासन गर्ने घोषणा समेत सरकारले गरेको छ ।
वैदेशिक लगानी बढाउन सरकारले यसअघि घोषणा गरिएको एकल विन्दु सेवालाई समेत प्राथमितकता दिएको छ । वर्षमा ३ करोड घनफिट काठ आपूर्ति सुनिश्चित गर्ने, पशुपन्छीको महामारी नियन्त्रणका लागि सरकारले स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने, विदेशी लगानीकर्ताको सहभागिता बढाउन पूर्वाधार फन्ड स्थापना गर्ने सरकारले घोषणा गरेको छ । त्यस्तै लगानी सम्मेलन गर्ने घोषणा समेत सरकारले बजेटमार्फत गरेको छ ।
बजेटको स्रोत सुनिश्चित नहुने देखिएपछि सरकारले पूर्वाधार क्षेत्रकै बजेट ३० अर्बले घटाएको छ ।सम्पन्न हुने आयोजनामा मात्रै बजेट विनियोजन गर्ने घोषणा गरेको सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको हो ।
चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।एक अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजनाको अनुगमन गर्न राष्ट्रिय योजना आयोगको नेतृत्वमा समिति बनाउने,पुँजीगत बजेटको एक प्रतिशत अनुसन्धान र इनोभेसनमा खर्च गरिनेदेशका प्रतिनिधिहरुलाई अनिवार्य बाहेकका विदेश भ्रमणमा रोक लगाउने लगाएतका विषय समेत बजेटमा समावेश गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्