एमालेको घोषणापत्र सार्वजनिक, ५ बर्षमा गर्ने २० ग्यारेन्टी समावेश, बार्षिक ५ लाखलाई रोजगारी दिने

काठमाडौं । दलका घोषणा पत्र र उनीहरुको कार्यप्रणाली आकाश पातालको फरक पाइन्छ । सबै दलहरुले घोषणापत्रमा लोकप्रिय नारा दिएर मतदातालाई आकर्षित गर्न खोजेका छन् । तर लोकप्रिय नाराको मामलामा सबै दलहरुलाई मात दिन सफल भएको छ नेकपा एमाले । एमालेले आफ्नो चुनावी घोषणापत्रमा पाँच बर्षमा २५ लाख रोजगारी सिर्जना गर्ने, दुई बर्षभिमै सबै परिवारमा आधारभूत खानेपानीको सुविा पु¥याई सबै परिवारलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी उपलव्ध गराउने सम्मका लोकप्रिय नारा समेटिएको छ ।
त्यस्तै महिनावारी हुने उमेर समूहका प्रत्येक महिलालाई स्यानिटरी प्याड खरीदका लागि बार्षिक १५ सय रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता समेत एमालेले गरेको छ । नागरिकता विधेययकको विपक्षमा मतदान गरेको र राष्ट्रपतिलाई समेत उक्साएर विधेयक प्रमाणिकरण नगर्ने अवस्था सिर्जना गरेको आरोप एमालेमाथि छ ।
घोषणापत्र मार्फत नेकपा एमालेले उक्त आरोपको खण्डन गर्न खोजेको छ । एमाले घोषणापत्रमा सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने, ६ महिनाभित्र नागरिकतासम्बन्धि समस्या हल गर्ने र एक बर्षभित्र राष्ट्रिय परिचयपत्र बितरण गरिसक्ने प्रतिवद्धता प्राथमिकतासाथ गरिएको छ । त्यस्तै पाँच बर्षमा रोजगारी र स्वरोजगारी गरी २५ लाख रोजगारी सिर्जना गर्ने प्रतिवद्धता समेत एमाले घोषणापत्रमा छ ।
पाँच बर्ष एमालेले गर्छ भन्ने मूल नाराहित बीस ग्यारेन्टी समेटेर एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले समय अनुसार पार्टीका प्राथमिकता परिवर्तन भइरहने बताएका छन् । पाइपलाइनबाट चुलोचुलोमा ग्याँस पु¥याउने पुरानो प्रतिवद्धता के भयो ? भन्ने प्राइम टेलिभिजनको प्रश्नको जवाफ दिँदै ओलीले अब आफ्नो प्राथमिकतामा ग्याँस नभई विद्युत रहेको जवाफ दिएका थिए ।
निर्वाचनमा लोकरिझ्याँइका लागि लोकप्रिय नारा दिने र अर्को निर्वाचनसम्म प्राथमिकता फेरिए भन्दै छाड्दै जाने हो र पुराना प्रतिवद्धता पूरा नहुँदै नयाँ नारा समाउने हो भने अहिलेका प्रतिवद्धता पनि अर्को निर्वाचनसम्म फेरिँदैनन् भन्ने आधार के ? भनेर प्रश्न गर्ने ठाउँ रहन्छ । जेहोस् निर्वाचनमा राम्रा कुरा गरेर भोट बटुल्ने र त्यसपछि प्रतिवद्धता बिर्सिदिने नेताहरुको पुरानै बानी रहेको कसैबाट लुकेको छैन । तर ओलीले योपटकको घोषणापत्र सार्वजनिक गर्दा पनि घोषणापत्रलाई ग्यारेन्टी पत्र भन्दै सबै प्रतिबद्धता पूरा गर्नकै लागि ल्याएको भन्न भने छुटाएनन् । दलहरुका घोषणा पत्र हेर्दा लाग्छ, अबको पाँच बर्षमा देशको कायापलट हुनेछ । उनीहरुले यसअघि सार्वजनिक गरेका घोषणापत्र हेर्दा पनि त्यस्तै लाग्थ्यो । तर देशले अपेक्षाकृत गति पक्डन सकेको छैन । यसपटक के हुन्छ त्यो हेर्न भने केही समय कुर्नैपर्ने हुन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #२० ग्यारेन्टी, #एमालेको घोषणापत्र, #दलका घोषणा पत्र
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्