मुस्ताङमा “मुस्ताङ वाङ्मय सङ्गोष्ठी“
मुस्ताङ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा जरा फाउन्डेसन नेपालको सहकार्य र भूपी स्मृति थाक पुस्तकालयको स्थानीय सहयोगमा मुस्ताङको कोबाङमा ’मुस्ताङ वाङ्मय सङ्गोष्ठी–२०७९’ सकिएको छ । पुस्तकालयका अध्यक्ष वसन्त शेरचनको अध्यक्षता र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख प्राध्यापक जगत् उपाध्याय ’प्रेक्षित’, प्रज्ञा परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेल, साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा.देवी नेपाल, जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईँको पनि सहभागिता रहेको थियो ।
जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईँको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वरिष्ठ दर्शनशास्त्री रामराज रेग्मीले ’तीन दर्शनको सङ्गमस्थलः मुक्तिनाथ’ शीर्षकको गोष्ठीपत्र प्रस्तुत गरेका थिए । त्यस्तै गरी प्रा.डा. षडानन्द पौडेलले ’थाकखोला क्षेत्रमा प्रचलित यानीमाया गीत’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएका कार्यपत्रमाथि कवि गीतकार देवेन्द्र केसी र कवि लिली अधिकारीले टिप्पणी गरेका थिए । कार्यक्रममा कवि सरस्वती श्रेष्ठ ’सरु’, गजलकार सावित्री गिरी, गजलकार प्राञ्जल, कवि सुशीलबाबु थकाली, सिर्जना शर्मा लगायतका स्रष्टाहरुले रचना वाचन गरेका थिए । स्थानीय कलाकारहरूले नृत्य र गीत प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण कमल गौचन र सिर्जना शर्माले गरेका थिए ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार, साहित्य
ट्याग : #जरा फाउन्डेसन नेपाल, #नेपाल प्रज्ञा–प्रतिष्ठान, #स्मृति थाक पुस्तकालय
ताजा खबर
- १निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान
- २घरदैलोमा रुकुमपश्चिमका कांग्रेस उम्मेदवार (फोटो फिचर)
- ३रवि लामिछानेको चुनौतीः देश अन्तिम सुनामीको तयारीमा छ, जो जो मिल्नु छ मिल
- ४नयाँ संसद् भवन अगाडि जेन-जी शहीदहरूको सालिक राख्ने सरकारको निर्णय
- ५कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा नेताहरू (विवरणसहित)



तपाईको कमेन्ट लेख्नुहोस्