Techie IT
  • ३ असार २०८२, मंगलबार
KhojPatrika

चोलेन्द्रलाई महाअभियोग लगाउन प्रमाण नपुग्ने एमालेको अडान


काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकमा नेकपा एमालेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुगेको जिकिर गरेका छन ।

शनिबार दिउँसो बसेको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले अहिलेसम्म समितिलाई प्राप्त प्रमाण हेर्दा जबरा दोषी हुन् भन्ने प्रमाणित नहुने बताएका हुन । उनले अहिलेसम्म समितिले पाएको प्रमाणमा जबराको सम्पत्ति विवरण मात्र भएको भन्दै त्यसबाट मात्र उनलाई महाअभियोग लगाउन नसकिने बताए ।

समितिले मगाएका कतिपय प्रमाण आउन बाँकी रहेको भन्दै सांसद पोखरेलले संकलित प्रमाण प्रतिनिधिसभामा पेश गर्न सकिने तर दोषी हुन् वा होइनन् भन्ने निश्कर्षमा पुग्न नसकिने दाबी गरे ।

महाअभियोग सिफारिस समितिले जबराले गरेका केही विवादास्पद फैसलाको विवरण, सर्वोच्च अदालतको भवन निर्माणको निर्णय गर्दाका कागजात र कतिपय व्यापारिक सम्बन्धका कागजात मागेको थियो । एमाले सांसद लालबाबु पण्डितले आदेश र फैसलाकै आधारमा जबरालाई महाअभियोग लगाउन नसकिने बताएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेका सांसद, #प्रधानन्यायाधीश चोलेन्द्र, #महाअभियोग सिफारिस समिति

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं