दशैंको मुखमा खाद्य कम्पनीले खाल्डोमा गाड्यो एक सय क्विन्टलबढी चामल,जवाफ माग्दा आनाकानी

काठमाडौं । भनिन्छ, नेपाल जलश्रोत, खजिन सम्पदाले धनी छ । अर्कोतर्फ कृषी प्रधान देशको उपमा पनि हामी आफैले दिएका छौँ हाम्रो देशलाई । तर बिडम्बना खेतीको समयमा मल र बिउबिजन पाउनै किसानले संघर्ष गर्नुपर्छ यहाँ । पानीको उपलब्धता, मल, बिउविजनको समस्या र कृषी पेसाको आकर्षण घट्दा देशभरका ३० लाख ९१ हजार हेक्टरमा मात्रै खेती हुने गरेको छ । धान खेती हुने १० लाख ३० हजार हेक्टर जग्गा बाँझै रहेको सरकारी तथ्यांकले नै देखाएको छ । हुनत, खेतीयोग्य जमिन बाँझो राखेमा ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहित सरकारले भू उपयोगसम्बन्धी कानुन ल्याएको छ ।
खेतीयोग्य जमिनको खण्डीकरण रोक्न भन्दै कित्ताकाटमा केही सर्तनामा सहितको कडाई गरिएको भएपनि खेतीयोग्य जमिनमा हुने प्लटिङ र कित्ताकाट खासै रोकिएका छैनन । कृषी उत्पादनमा बर्षेनी भैरहेको ह्रासका कारण आर्थिक वर्ष २०७८÷०७९ मा मात्रै पनि ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । कृषकलाई प्रोत्साहन गर्न भन्दै दिइने सरकारी अनुदान केही टाठाबाठा र मौसमी किसानको अर्थात नेता, कार्यकर्ताको हातमा पुग्दा बास्तबिक किसानहरु मारमा छन् ।
हामी उत्पादन घट्दो क्रममा अनि आयात बढ्दो क्रममा रहेको मुलुकका नागरिक भएर बाँच्दैगर्दा आम नागरिकलाई केही राहत र सहुलियतमा खाद्य सामाग्री दिन भन्दै सरकारले स्थापना गरेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी भने खाद्यान्न भण्डार गर्दै कुहाएर फलिरहेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड बागमती प्रदेशको गोदाम परिसरमा खाल्डो खनेर ६० क्विन्टल बढी चामल र अन्य खाद्यान्न गरी एक सय क्विन्टलबढी चामल खाल्डोमा नष्ट गरिएको छ । नष्ट गरिएको खाद्यान्न, अहिले पनि यहाँका खण्डहर बनेका गोदाममा ४ सय क्वीन्टल हाराहारिमा कुहीएको खाद्यान्न लुकाएर राखिएको खबर विश्वस्त श्रोतमार्फत हाम्रो टिमसम्म आईपुगेको छ ।
खण्डहर बनेका गोदाम भोटेताल्चा लगाएर राखिएको अवस्थाले समेत खाद्य व्यवस्था तथा व्यापार कम्पनीको यो कार्यालय नागरिकलाई सहुलियतमा खाद्यान्न दिने नाममा टन्न आयात गर्ने अनि कुहाएर फाल्ने अखडा त बनिरहेको छैन भन्ने प्रश्न उब्जाएको छ । हुन त विगतमा समेत सयौँ क्विन्टल खाद्यान्न कुहाएर फलिएको अवस्थाले समेत यहाँ बद्नियतपूर्ण गतिबिधि हुन्छन भन्ने संकाको सुई सधै तेर्सिने गरेको छ । आखिर कुहिएको खाद्यान्न नै आएको हो वा कुहाएर फलिएको हो, यो प्रश्नको औपचारिक जबाफ दिन तयार नभएपनि अनौपचारिक रुपमा चामल नष्ट गरिएको तथ्य फेला परेको थियो ।
प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द भने आफूलाई चामल खाल्डोमा गाडेकोबारे थाहा नभएको सबै सरोकारवाला निकायको टोलीले डिस्फोज गरेको हुनसक्ने जवाफ दिए । चामलको परिणामबारे उनले अनविज्ञता प्रकट गरे । केही जापानबाट ल्याउदा ल्याउदै सडेको अवस्थामा आइपुग्यो, केही आफैले खरिद गरेर ल्याएको गोदामबाट छान्दा कुहिएको भेटियो । सड्ने, नष्ट गर्ने क्रम निरन्तरको प्रक्रिया हो । यो जवाफले नै खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड राज्यको लगानी प्रति कत्ति जिम्मेबार छ भन्ने आफै प्रष्ट हुन्छ । जानाजान कुहाईएको नहुन पनि सक्छ तर गोदाम पुरानो भएर वा पानी चुहिएर जोखिम बढेको बारे किन समयमै ध्यान दिइदैन ?
राज्यको लगानीमा खरिद गरेर आम उपभोक्तालाई केही सहुलियतमा खाद्य सामाग्री दिने सरकारी कम्पनीले गरिरहेको यो लापरबाही गम्भिर हो । हरेक वर्षका दशैमा कर्णाली प्रदेशका हुम्ला, मुगु डोल्पा, जाजरकोट लगायतका जिल्लाका दुर्गम गाउँमा खाद्य संकट ब्यहोर्नुपर्छ । देशका दुरदराजका धेरै स्थानका नागरिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियतको चामल कुरेर बसिरहेका हुन्छ । तर, कामाठाडौंको प्रदेश डिपो वा अन्य प्रदेश र जिल्लाका डिपोमा खाद्यान्न कुहाएर नष्ट गर्ने गराउने खेलले खाद्यको शाख मात्रै गिराएको छैन । नागरिकप्रति सरकार कत्तिको जिम्मेबार छ ? भन्ने गम्भिर प्रश्न समेत उब्जाएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एक सय क्विन्टलबढी चामल, #खजिन सम्पदा, #खाल्डोमा गाड्यो, #जवाफ माग्दा आनाकानी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्