नेकपा एसमा संसदीय बैठक बोलाउन माग गर्ने प्रेम आलेसहित ६ सांसदले लिए हस्ताक्षर फिर्ता
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा फेरि नयाँ ट्विस आएको छ । अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन पेश गरेका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।
संसदीय दलको बैठक माग गर्दै निवेदन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु बाहेकका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएपछि नेकपा समाजवादीमा नयाँ ट्विस आएको हो ।
सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता लिएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए ।
निरा देविलाई हस्ताक्षर फिर्ता गराउन कोसिस भइरहेको छ । मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै स्वास्थ्यमन्त्री खतिवडा, शहरी विकासमन्त्री झाँक्री, पर्यटनमन्त्री आले र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
त्यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका थिए। मन्त्री फेरबदलको बिषयले यतिबेला नेकपा एकीकृत समाजवादीमा किचलो भइरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #प्रेम आले, #माधवकुमार नेपाल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्