निर्वाचन आयोगको बैठकमा होहल्ला र नाराबाजी, आचारसंहितामा एकतर्फी हस्ताक्षर गर्न लगाएपछि आपत्ति
काठमाडौं । निर्वाचन आयोगमा आचारसंहिताको विषयलाई लिएर उत्पन्न तनाव मत्थर भएपछि अहिले छलफल सुरु भएको छ । स्थानीय तह निर्वाचन आचारसंहिता र ऐन नियम कार्यान्वयनबारे प्रतिबद्धता लिन आयोजना गरेको बैठकमा सना राजनीतिक दलका प्रतिनिधिले आपत्ति जनाएका थिए । दलका प्रतिनिधिहरुको होहल्ला र नाराबाजीपछि आयोग छलफल गराउन तयार भएको नेताहरुले बताएका छन ।
आयोगमा छलफल गर्न स्थानीय तह निर्वाचनका लागि दर्ता भएका ७९ वटै दलका प्रतिनिधिहरू पुगेका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मन्तव्य राख्दै बैठकको सुरूवात गरेका थिए । उनले निर्वाचन आचारसंहिताबारे धारणा राखेका थिए । त्यसपछि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैठक बोलाउनुको कारणबारे प्रष्ट्याउने कोसिस गरेका थिए । त्यसक्रममा उनले निर्वाचन ऐन, नियम र आचारसंहिताको व्यवस्थाका बारेमा जानकारी दिए । त्यसपछि दलहरूको धारणा नै नलिई निर्वाचन आचारसंहिता परिपालनाका लागि दलहरूको प्रतिबद्धता मागेका थिए ।
प्रतिबद्धतामा ‘ऐन, नियमहरूमा उल्लेखित व्यहोरालाई नै उल्लेखित गरेर सारांशमा निकालिएको थियो । त्यसक्रममा दलका प्रतिनिधिहरुले केही शब्द आफूहरुले पनि राख्न चाहेको भन्दै आयोगको एकतर्फी धारणाको विरोध गरेका थिए । यसपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले दलका प्रतिनिधिहरुलाई छलफलमा नभइ प्रतिबद्धता पत्रमा सही गर्न मात्र बोलाएको बताएपछि नेताहरु झन आक्रोशित भएका थिए ।
विपक्षी दलका नेताहरुले सत्तामा बसेका दलहरूको कुरा सुनेर मात्रै निर्णय गर्ने भन्दै आपत्ति जनाएका थिए । साना दलहरूले समेत आपत्ति जनाउन थालेपछि बोल्न चाहने दलहरूलाई पाँच÷पाँच मिनेटको समय दिएर छलफल अगाडि बढाइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आचारसंहिता, #निर्वाचन आयोग, #स्थानीय तह निर्वाचन
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्