एनआरएनए निर्वाचन तीन दिनपछि सर्यो, यस्तो छ नयाँ संशोधित निर्वाचन तालिका
काठमाडौं । गैरआवासीय नेपाली संघको निर्वाचन तीनदिन पछि सारिएको छ । आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको हो ।
शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको हो । जारी सूचनामा विद्युतीय माध्यामबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४–२५) हुने बताइएको छ ।
सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ । त्यस्तै समितिले निर्वाचन कार्यतालिका समेत संशोधन गरेको छ ।
संशोधित कार्यतालिका अनुसार मार्च १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशित गर्ने, सोही दिन उम्मेदवारी विरुद्ध दावी विरोध गर्ने, मार्च १३ मा उम्मेदवारहरूको मनोनयपत्रको जाँच र उजुर उपर निर्णय गर्ने, सोही दिन उम्मेदवारहरूको दोश्रो नामावली प्रकाशित गर्ने लगायतका रहेका छन् । एनआरएनभित्र देखिएको विवादका कारण यसअघि पनि निर्वाचन मिति पटक–पटक सर्दै आएको छ ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एनआरएनए निर्वाचन, #गैरआवासीय नेपाली संघ
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्