Techie IT
  • ३ असार २०८२, मंगलबार
KhojPatrika

ओलीलाई माधव नेपालको चेतावनी, सभामुख सापकोटालाई महाअभियोग लगाउने चेष्टा नगर्नु


काठमाडौं । गत असार २८ गते दोस्रोपटक संसद पुनस्थापना भएसङ्गै केही दिनमा नै नेकपा एमालेले माधवकुमार नेपाल लगायतलाई कारबाही गरेको थियो । तर उक्त कारबाहीलाई सभामुख अग्नी सापकोटाले अनुमोदन गरिदिएनन् । उता निर्वाचन आयोगले पनि माधवकुमार नेपालको पार्टीलाई दलको मान्यता दियो । ससंद विघटनदेखी नै माधवकुमार नेपाल र केपी शर्मा ओली एकअर्का प्रति आक्रोशित छन ।

सत्ता समिकरणबाट करीब बाहिरिएको अवस्थामा पुगेका नेपाललाई भने सभामुख अग्नी सापकोटाले भने ठुलो गुन लगाए । त्यही आक्रोशमा रहेको नेकपा एमालेले एकिकृत समाजवादीलाई सडकमै पुर्याउने प्रयास गरेपनि त्यो प्रयास असफल बन्यो । कारण थियो – एमसिसीको विपक्षमा रहेको समाजवादी एकाएक एमसिसी को पक्षमा उभिनु । सुरुमा एमसिसीको विपक्षमा रहेको नेकपा एकीकृत समाजवादी एकाएक एमसिसीको समर्थनमा रह्यो । त्यो पनि व्याख्यात्मक टिप्पणीको सहारामा ।

एमाले फुटाएर एकीकृत समाजवादी बनाएपछि ओलीप्रति नेपालको आक्रोशको पारो घटेको छैन । मंगलबार आयोजित पत्रकार सम्मेलनमा पनि नेपालले अधिकांश समय एमाले अध्यक्ष ओली कै आलोचनामा खर्चिए । ओलीले मंगलवारनै आयोजित पत्रकार सम्मेलनमा सभामुखको राजीनामा मागेको बिषयमा नेपालले यसरी जवाफ दिए । प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराको महाभियोगको बिषय अझै पनि अलमल भएका बेला एकिकृत समाजवादीले भने सिध्याउने खेलबाट बचेर आफुहरुले जित हासिल गरेको दाबी गरेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा एमाले, #माधवकुमार नेपाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं