शेयर बजार अझै ओरालो लाग्ने संकेत, अर्थमन्त्रीको निर्देशन राष्ट्र बैंकले नमान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले गरेको व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार मात्रै पुँजी बजारमा देखिएको नकारात्मक परिस्थितिलाई सहज बनाउन निर्देशन दिएका थिए । राष्ट्र बैंकले तत्काल मौद्रिक नीतिमा परिवर्तन नगर्ने भएपछि शेयर बजार फेरि पनि ओरालो लाग्न सक्ने अनुमान गर्न थालिएको छ । अर्थमन्त्री निर्देशनसँगै घट्दो क्रममा रहेको नेप्से परिसूचकमा उछाल आएको थियो ।
मौद्रिक नीतिपछि सेयर बजारमा ओरालो लाग्न थालेपछि लगानीकर्ताले अर्थमन्त्रीलाई गुहारेका थिए । कतिपय लगानीकर्ताले त नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन समेत गरेका थिए । त्यसपछि अर्थमन्त्री शर्माले धितोपत्र बजारमा देखिएको समस्या नीतिगत रुपमा सुल्झाउन गर्भनरलाई महाप्रसाद अधिकारीलाई निर्देशन दिएका थिए । तर, राष्ट्र बैंकले भने मौद्रिक नीतिले गरेका व्यवस्थामा पुनर्विचार गर्न कुनै छलफल र तयारी नगरिएको जनाएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँ मात्रै शेयर धितोमा ऋण लिन सक्ने नयाँ नियम ल्याएको छ । यस्तो सीमाले शेयर बजारमा चलखेल गर्न सक्ने खालका ठूला लगानीकर्ता मारमा परेको बताइन्छ । त्यही कारण शेयर बजार घटेको दावी कतिपय लगानीकर्ताको छ । बजारमा गिरावट आएपनि यसले अर्थतन्त्रमा प्रभाव नपर्ने शेयर विश्लेषक विष्णु बस्यालको धारणा छ ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर कर्जामा सीमा तोक्दा सर्वसाधारण लगानीकर्ताले व्यक्तिगत रूपमा एक संस्थाबाट ४ करोड र सबै संस्थाबाट १२ करोड रुपैयाँ ऋण लिन पाउने बुझेका थिए । मौद्रिक नीति सार्वजनिक भएको एक सातापछि मात्र कार्यान्वयनका लागि निर्देशन जारी हुँदा एकाघरका परिवारका लागि त्यो सीमा तोकिएको थियो । मौद्रिक नीतिका निर्माणकर्तासम्म पहुँच भएका लगानीकर्ताले निर्देशन जारी हुनु अगावै जानकारी पाइसकेका थिए । यहीकारण उनीहरु निर्देशन जारी हुनुअघि नै सेयर बिक्री गरेर बजारबाट बाहिरिएका थिए ।
शेयर बजारका जानकारहरु त्यही कारण नेप्से परिसूचकमा करेक्सन आएको मान्छन् । बजारका पछिल्लो समय आएको गिरावटलाई कतिपयले स्वाभाविक पनि मानेका छन् । उता राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिमा प्रत्येक ३/३ महिनामा मात्रै पुनरावलोकन गर्ने प्रचलन रहेको कारण शेयर बजारमा झै करेक्सन आउन सक्ने जानकारहरु बताउँछन् । जुन स्वाभाविक प्रक्रिया समेत हो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #नेपाल राष्ट्र बैंक
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्