एमालेको केन्द्रीय कमिटी बैठकद्वारा देउवालाई मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण
कार्यदलमा भएको दश बुँदे सहमति अनुमोदन
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानमन्त्री देउवालाई मतदान गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी ओलीले शेरबहादुर देउवाले विस्वासको मत लिने क्रममा देखिएका परिदृश्य र त्यसले पारेका प्रभावका बारेमा चर्चा गरेका थिए । त्यसलाई उनले अग्रगमनमाथिको धक्काका रुपमा चित्रण गरेका थिए । पार्टीको निर्देशन विपरित फ्लोर क्रस गर्ने र मत दिने काम पार्टी अनुशासनहिन र गलत काम भएकोले २२ जना सांसदहरुसंग स्पष्टीकरण माग्ने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाई छ ।
नेकपा एमालेको केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीले गत जेठ २३ गते अध्यक्ष केपी ओलीले गरेको पार्टी एकताको आह्वान र गत असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन सुरु गरेको दावी समेत गरेका छन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ओलीको पुरानै कदम !, #केन्द्रीय कमिटी
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्