सभामुखका वकिलले बहस सकेपछि आजदेखि निवेदकले जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि जारी रहने छ। इजलासमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँच जना कानुन व्यवसायीले बहस गर्ने छन्।
सभामुखका कानुन व्यवसायीका लागि दुई घण्टा समय छुट्याइएको छ। त्यसपछि निवेदकका तर्फबाट जवाफ दिने कार्यक्रम तय भएको छ। निवेदकको जवाफका लागि तीन घन्टा समय छुट्याइएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने तथा प्रतिनिधिसभा विघटन रद्द गर्न मागसहित १ सय ४६ सांसदको तर्फबाट दायर रिटमा सुनुवाई भइरहेको हो ।
सभामुखका वकिलले बहस गरेपछि १ सय ४६ सांसदको तर्फबाट जवाफ दिइने छ। बाँकी रहेको जवाफी बहस सोमबार सकिएपछि सर्वोच्च बार र नेपाल बारका तर्फबाट गएका एमिकस क्यूरीले बहस गर्न दुई घण्टा समय निर्धारण गरिएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #संवैधानिक इजलास
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्