प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस अव २ घण्टा ३५ मिनेट मात्रै
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस अव २ घण्टा ३५ मिनेट मात्रै बाँकी छ । कानुन व्यवसायीतर्फको बहस शुक्रबार नै सकिने भनिएपनि प्रधानन्यायाधीशचोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका थिए । शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डाक्टर दीनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्तिप्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदकतर्फका कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । सुनुवाइका क्रममा इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते आफूलाई प्रतिनिधिसभाको विश्वास नभएकाले मार्ग प्रशस्त गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई अर्को प्रधानमन्त्री िनयुक्तिका लागि प्रक्रिया सुरु गर्न लेखेको पत्रका विषयमा बहस भएको थियो ।
रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदकको विपक्षले बहस सुरु गर्नेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइनेछ । त्यसपछि जवाफी बहसका लागि निवेदक पक्षले ३ घण्टाको समय प्राप्त गर्नेछन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विभिन्न ३० वटा रिट दर्ता भएका छन् । अहिले कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले प्रतिनिधिसभा पुर्नस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै दर्ता गरेको रिटमाथि बहस भइरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निरन्तर सुनुवाई, #प्रतिनिधिसभा विघटन
ताजा खबर
- १तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- २राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ३रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल
- ४राष्ट्रपति पौडेलको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
- ५प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै



तपाईको कमेन्ट लेख्नुहोस्