Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस अव २ घण्टा ३५ मिनेट मात्रै


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस अव २ घण्टा ३५ मिनेट मात्रै बाँकी छ । कानुन व्यवसायीतर्फको बहस शुक्रबार नै सकिने भनिएपनि प्रधानन्यायाधीशचोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका थिए । शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डाक्टर दीनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्तिप्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदकतर्फका कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । सुनुवाइका क्रममा इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते आफूलाई प्रतिनिधिसभाको विश्वास नभएकाले मार्ग प्रशस्त गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई अर्को प्रधानमन्त्री िनयुक्तिका लागि प्रक्रिया सुरु गर्न लेखेको पत्रका विषयमा बहस भएको थियो ।

रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदकको विपक्षले बहस सुरु गर्नेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइनेछ । त्यसपछि जवाफी बहसका लागि निवेदक पक्षले ३ घण्टाको समय प्राप्त गर्नेछन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विभिन्न ३० वटा रिट दर्ता भएका छन् । अहिले कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले प्रतिनिधिसभा पुर्नस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै दर्ता गरेको रिटमाथि बहस भइरहेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निरन्तर सुनुवाई, #प्रतिनिधिसभा विघटन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं