एकैदिन २३ सय ५१ जना संक्रमित थपिए, उपत्यकामा एक हजार ५१ जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३ सय ५१ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा २ सय ८७ जनालाई निको भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ८ हजार ८४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार २ सय २० जना र ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जना गरी दुई हजार ३ सय ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी एक हजार ५१ जना संक्रमित थपिएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ। क्वारेन्टिनमा ८६ जना छन्। आईसीयूमा १ सय ८० र भेन्टिलेटरमा ४७ जना उपचाररत छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्