प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै,नेपालकै सबैभन्दा ठूलो र प्रविधियुक्त पार्कको शिलान्यास गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जादैछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक झापा जान लागेका हुन् । प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन् । औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा बन्न लागेको छ ।
नेपालकै सबैभन्दा ठूलो र प्रविधियुक्त पार्कको शिलान्यास गर्न ओली जाने भएपछि ठाउँ–ठाउँमा स्वागत गेट र कार्यक्रम स्थलमा विद्युत् सेवा र इन्टरनेट व्यवस्थापन गरिएको छ । कार्यक्रमलाई भव्य बनाउन विभिन्न जातजातिका झाँकीसँगै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । एक हजार ६ सय हेक्टरमा बन्ने औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ ।
पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर लगानी गरेर निर्माण कार्य हुनेछ । औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ । पार्क चिनियाँ सहयोगमा निर्माण हुन लागेको हो । यो परियोजना २२ सय बिघा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले दमक नगरपालिका–१ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन गर्नुहुनेछ । मदन भण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतारादेखि झापाको बाहुनडाँगीसम्मका खोलाहरूमा निर्माण हुने पुलहरुको पनि शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली आज साँझ काठमाडौं फर्किने छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्