सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध मानहानीको मुद्दा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ । वरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनामा मानहानीको मुद्धा लिएर पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको अवस्थामा रिट निवेदकको तर्फबाट वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा बहस गरेको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट अदालतको मानहानी भएको जिकिर गरेका छन् ।
माघ ९ गते कार्की बेङ्क्वेटमा आफ्नो पार्टीको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले वरिष्ठतम् वरिष्ठ अधिवक्ता भण्डारीतर्फ लक्षित गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भनेकोमा अदालतको मानहानी भएको जिकिर रिट निवेदनमा गरिएको छ । सर्वोच्च अदालतमा हुने बहसलाई ‘तमासा’ र अदालतमा बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भनेर निन्दायुक्त शब्द प्रयोग गरेको रिट निवेदकको भनाइ छ ।
‘अदालत र कानुन व्यवसायीलाई हास्यको पात्रका रुपमा प्रस्तुत गरेर नेपालको संविधानको धारा १२८ को उपधारा ४० बमोजिम अदालत र इजलासको अपहेलना गर्नुभएको छ,’ रिट निवेदनमा भनिएको छ, ‘प्रधानमन्त्रीको पदमा आसिन खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारवाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु ।’
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अदालतमा मानहानीको मुद्दा, #सर्वोच्च अदालत
ताजा खबर
- १देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त भएको एडीबीको निष्कर्ष
- २सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहना चल्नुपर्छः राष्ट्रपति
- ३ज्ञानेन्द्र शाहीलाई रविको आग्रहः सँगै कयौँ राजनीतिक सहकार्य गर्न बाँकी नै छ
- ४मन्त्रीपरिषद बिस्तार : गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त
- ५दुई सातामै श्रममन्त्री दीपककुमार साह बर्खास्त



तपाईको कमेन्ट लेख्नुहोस्