थपिए ३ हजार ५१ कोरोना संक्रमित, १८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५ सय १४ जना रहेको पनि मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३ सय ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ६०१ महिला र ७९७ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै काठमाडौं उपत्यकामध्ये काठमाडौंमा हालसम्म संक्रमितको संख्या ६८ हजार ४ सय ४९ पुगेको छ भने निको हुनेको संख्या ५१ हजार ८५९ रहेको छ । यस्तै भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४ हजार ९१५ रहेको छ । यस्तै ललितपुरमा कुल ९ हजार ६ सय ६३ संक्रमितमध्ये ७ हजार ३ सय २२ जना निको भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्