काठमाडौं उपत्यकामा कोरोनाको त्रास बढेपनि छैन् सर्तकता
काठमाडौं । पछिलो समय उपत्यकामा कोरोना संक्रमणको दर उकालो लागेसंगै नागरिकमा त्रास फैलिएको छ । कोरोना संक्रमणले डरलाग्दो रुप लिए पनि दैनिक गुजाराका लागि काम गर्नुपर्ने बाध्यता सर्वसाधारलाई छ । सरकारले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसक्दा आफूहरु जोखिममा परेको उनीहरुको गुनासो छ । काठमाडौंकी सोभिया श्रेष्ठ सुरक्षाको मापदण्ड पालना गरी सबैलाई घरै बस्न सुझाब दिन्छिन् ।
नागरिक आफै सचेत नभए संक्रमण अझै फैलिदै जाने उनको बुझाई छ । उनले त फेरी एकपटक लकडाउन गरेर कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने सुझाब सरकारलाई दिएकी छिन् । त्रास दैनिक बढ्दो छ तर, काठमाडौं उपत्यकामा स्वास्थ्य सर्तकता भने देखिदैन । भिडभाड उस्तै छ बजारमा अनि सार्वजनिक सवारी साधनमा समेत कुनै सर्तकता अपनाएको देखिदैन ।
संक्रमण फैलिएको लामो समय बितिसक्दा पनि सरकारको पक्षबाट नियन्त्रणकोलागी ठोस कदम चाल्न नसकेकै कारण स्थिती यो अवस्थामा आएको भन्दै कतिपय नागरीक आक्रोषित बनेका छन् । लामो समयको बन्दाबन्दिको अनुभव नागरिकले राम्रोसँग भोगिसकेका छन् ।
नागरिकको यस्ता समस्या समाधान गर्दै रोग नियन्त्रणमा सरकारले उचित कदम चाल्नै पर्छ । नत्र स्थिति भयावह हुने सजिलै अनुमान गर्न सकिन्छ । रोग ले भन्दा भोक र चिन्ताले मानिसको ज्याननै जाने स्थिति नआवस ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #भिडभाड उस्तै छ बजारमा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्