काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो लकडाउन उलंघन, चोकमा जामै जाम
काठमाडौं ३० बैशाख । दोश्रो कोरोना संक्रमित पहिचान भएपछि अर्थात गत चैत ११ गते देखि कोरोनाको महामारी रोकथामका लागि भन्दै सिंगो देश लकडाउन गरियो । बन्दाबन्दीको पचास दिन बित्दैगर्दा पछिल्ला केही दिन यताका दृश्यहरुले भने सरकारले लकडाउन खुकुलो बनायो वा कार्यान्वयन गराउन जानेन भनेर प्रश्न गर्ने ठाउँ दिएको छ । सरकारले पछिल्लो पटक लकडाउन थपेर जेठ पाँचसम्म पुर्याउँदैगर्दा ४२ बिधाका उद्योग र औद्योगिक क्षेत्रहरुको उत्पादन खुल्ला गर्ने निर्णय गरेपछि काठमाडौं सहित देशका शहरी क्षेत्रमा देखिएको भीडभाड र सवारी चाप निक्कै बढेको छ । राजधानीमा देखिने दृश्यहरुले आफै भनिरहेका छन् कहाँ छ लकडाउन ? लकडाउनको यो अबधीमा काठमाडौं उपत्यकामा मात्रै २७ हजार बढी सवारी साधन र पासको दुरुपयोग गर्ने २३ सय १८ जना कारबाहीमा परेको तथ्यले समेत उल्लंघनकर्ताहरु बढेको देखाएको छ ।
सोमबार मात्रै पनि काठमाडौंमा लकडाउन उल्लंघन गरेको भन्दै १४ सय ३८ सवारी साधन कारबाहीमा पर्नु र सडक अनि बजारमा देखिएको भीडभाडले पनि लकडाउन खुकुलो भएको हो वा ब्यवस्थित गर्न नसकिएको हो भन्ने प्रश्न उब्जाएको छ । उत्पादनमुलक उद्योग कलकारखाना सञ्चालन गरेर लकडाउन केही खुकुलो बनाइएको काठमाडौं उपत्यकामा नै देशका विभिन्न स्थानमा ठूलो संख्यामा कोरोना संक्रमित पहिचान भएपछि लकडाउनलाई कडाई गर्ने तयारी गरिदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सडकमा बढ्दै गरेको भीडभाड बारे ब्याङग्य गर्दै राजधानीमा लकडाउन छ र ? भनेर मन्त्रिपरिषद्मा मन्त्रीहरुलाई प्रश्न सोधेको बिषयले पनि लकडाउन ब्यवस्थित गर्न नसकेको तथ्य उजागर गरेको छ । मन्त्रीहरु नै लकडाउनलाई बैज्ञानिक ढंगले लागु गराउन नसकिएको स्विकार गर्दै अर्थतन्त्र केही चलायमान बनाउने नाममा खुकुलो बनाउँदा जोखिम बढ्नेतर्फ सचेत गराइरहेका छन् ।
लकडाउन जारी छ भन्ने देखाएर सडकमा भीडभाड गराउने वा कडाईका साथ पालना गराएर नागरिकलाई कोरोनाको महामारीबाट बचाउने । यसको जिम्मा सरकारलाई नै । लकडाउन नखुलेरै सडकमा निष्किने सर्वसाधारणले पनि सोच्नैपर्छ सामाजिक दुरी कायम गर्न घरमै बस्न । तर, सडकमा सवारी साधान मात्रै होइन पैदल यात्रुहरुको समेत चाप बढेपछि कोरोनाको जोखिम थप बढाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #लकडाउन’
ताजा खबर
- १एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री
- २शंकर पोखरेलले भने– युवालाई सम्बोधन गर्न हामी असफल भयौँ
- ३रुसी नौसेना र आणविक शक्ति निरन्तर बलियो बन्दैछ : पुटिन
- ४एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
- ५तीन दलीय गठबन्धन मधेसमा कायम रहने मुख्यमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्