सांसदलाई कोरोना परिक्षण गरेर मात्रै संसद भवनमा प्रबेश
काठमाडौं २३ बैशाख । संघीय संसदका सांसदलाई कोरोना भाइरस परिक्षण गरेर मात्रै बैठकमा सहभागि गराइने भएको छ । मंगलबार संघिय संसदभवनमा बसेको कार्यब्यवस्था परामर्श समितिको बैठकमा यस्तो निर्णय गरिएको हो । बैठकमा बैशाख २६ गते बोलाइएको बजेट अधिबेशनमा संघीय संसदका सबै सदस्यहरु र कर्मचारीहरुको पि सि आर विधिबाट कोरोना परिक्षण गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै, संघीय संसदको सभाहलहरु, कक्षहरु, भवन र परिसरलाई स्यानीटाईज गरिने छ । विश्व स्वास्थ्य संगठनले तोकेका सवै मापदण्डलाई पालना गर्दै दुरी कायम गरेर बैठक सञ्चालन गर्ने पनि बैठकमा सहमति भएको छ । संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पुर्व तयारी गर्ने, संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा कार्यब्यवस्था तथा परामर्श समितिमा छलफल भएको थियो । बैशाख २६ गते दुबै बजेट अधिबेशन अन्र्तगत संघीय संसदको संयुक्त बैठक बस्दैछ । केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संघीय संसद भवनको अवलोकण गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सांसदलाई कोरोना परिक्षण
ताजा खबर
- १राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- २अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ३निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति
- ४प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- ५आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



तपाईको कमेन्ट लेख्नुहोस्