विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्यो
काठमाडौं १ बैशाख । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार भन्दा बढी पुगेको छ । केहीबेर अघिसम्मको तथ्याङ्क अनुसार १८ लाख ५३ हजार भन्दा बढी संक्रमित भएका छन् । करिब ४ लाख २४ हजार उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५ सय २८ जनाले ज्यान गुमाएका छन् भने बेलायतमा ७ सय ३७ जनाको मृत्यु भएको छ ।
यस्तै, सोही अवधिमा स्पेनमा ६ सय ३ जनाको मृत्यु भएको छ भने फ्रान्समा ५ सय ६१ जनाले ज्यान गुमाएका छन् । यस्तै, सोही अवधिमा इटालीमा ४ सय ३१ जनाको मृत्यु भएको छ भने बेल्जियममा २ सय ५४ र जर्मनीमा १ सय ५१ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री
- २शंकर पोखरेलले भने– युवालाई सम्बोधन गर्न हामी असफल भयौँ
- ३रुसी नौसेना र आणविक शक्ति निरन्तर बलियो बन्दैछ : पुटिन
- ४एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
- ५तीन दलीय गठबन्धन मधेसमा कायम रहने मुख्यमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्